बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे पखेरुमा खेल्ने
ma jhukdai na jhukne nepal ko choro...
आज आफू आँफै सँग रुन मन लाग्यो तिम्ले टेक जति ठाउँ धुन मन लाग्यो ,,,,,,, दोबटो मा हामी पुग्दा घाम डुब्दै थियो त्यति बेला तिमी हस्यौ मलाई दुख्दै थियो मलाई दुख्दै थियो।
Thursday, November 25, 2010
Wednesday, November 24, 2010
जांदै छु म प्रिय अब मैले भन्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
अंध्यारो थियो तिम्रो मुहार जाने कुरा गरे देखि
भन्न केही सकेकी थिइनौ राख्यौ मन भित्रै बोकि
के भो तिमीलाई प्रिय भनी मैले सोध्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
टिलपिल-टिलपिल मोतिका दाना थिए आंखा भरि
नजानिदो पुछी रहन्थ्यौ तिमी घरि-घरि
नरोउ भनी ति आंसु मैले पुछ्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
अबोध ती मुटुका टुक्रा थिए अनभिज्ञ बर
सदा झैं सोद्धै थिए बाबा कहिले आउने घर
अंगालेर छातीमा टांसी म रुन सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
अंध्यारो थियो तिम्रो मुहार जाने कुरा गरे देखि
भन्न केही सकेकी थिइनौ राख्यौ मन भित्रै बोकि
के भो तिमीलाई प्रिय भनी मैले सोध्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
टिलपिल-टिलपिल मोतिका दाना थिए आंखा भरि
नजानिदो पुछी रहन्थ्यौ तिमी घरि-घरि
नरोउ भनी ति आंसु मैले पुछ्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
अबोध ती मुटुका टुक्रा थिए अनभिज्ञ बर
सदा झैं सोद्धै थिए बाबा कहिले आउने घर
अंगालेर छातीमा टांसी म रुन सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
Subscribe to:
Posts (Atom)