बिदाइका यी हातहरु हल्लाउन सकिन
अंध्यारो थियो तिम्रो मुहार जाने कुरा गरे देखि
भन्न केही सकेकी थिइनौ राख्यौ मन भित्रै बोकि
के भो तिमीलाई प्रिय भनी मैले सोध्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
टिलपिल-टिलपिल मोतिका दाना थिए आंखा भरि
नजानिदो पुछी रहन्थ्यौ तिमी घरि-घरि
नरोउ भनी ति आंसु मैले पुछ्न सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
अबोध ती मुटुका टुक्रा थिए अनभिज्ञ बर
सदा झैं सोद्धै थिए बाबा कहिले आउने घर
अंगालेर छातीमा टांसी म रुन सकिन
बिदाइका यी हातहरु हल्लाउन सकिन
No comments:
Post a Comment